बेलबारी १० फाइनलमा प्रवेश : छैटौँ बेलबारी मेयर कप


बेलबारी । बेलबारीमा जारी छैटौँ बेलबारी मेयर कपको वडा नं.१० फाइनलमा पुगेको छ । आज (बुधवार) बेलबारी १ स्थित नक्सल खेल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा नं.१० ले १ को फुटबल टिमलाई ३–२ गोल अन्तरले पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

बेलबारी १० र १ बिचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो । बेलबारी १० का खेलाडी सन याक्खाले खेलको २६ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर ३३ औँ मिनेटमा वडा नं.१ का खेलाडी सनम धिमालले गोल गरेर खेल बराबरी बनाएका थिए ।

खेल बराबरीमा बढी रहँदा वडा नं.१० को तर्फबाट जेनिल याख्खाले थप एक गोल गरे टिमलाई २ गोलको अग्रता दिलाए । १ मिनेट पुग्न नपाउँदै वडा नं.१ ले पनि थप एक गोल फर्काए । पुनः खेलको ३९ मिनेटमा खेल बराबरीमा पुगेको थियो । तर ४१ मिनेटमा वडा नं.१० का खेलाडी सनल लिम्बुले गोल गरे पछि ३–२ गोलको अन्तरले वडा नं.१ ले हार बेहोरेको छ ।

मेन अफ दि म्याच वडा नं.१० का खेलाडी सन याक्खा घोषित भएका छन् । उनले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । भोली (बिहीबार) दोस्रो सेमिफाइनल खेल छ । भोली नक्सल खेल मैदानमा बेलबारी ११ र ८ बिच खेल हुने छ ।

बेलबारीमा भएको नगर स्तर मेयर कपमा फुटबल लिग पहिलो पटक भएको हो । पहिलो लिग भएर पनि होला यस पटक विगतमा भएका प्रतियोगिताले भन्दा बढी चर्चा पाएको छ । खेलाडीमा उत्साह पनि छ । साथै लिग ग्यामको नियम बारे विवाद पनि ।

यसै बिच लिग नियम भित्र रहेको हेड टु हेट पनि लागु गर्नु पर्छ भन्ने आवाज छ । तर आज एक सेमिफाइनल सम्पन्न भइसकेको छ । बेलबारी वडा नं.४ बाट यो आवाज जोडले उठेको छ ।

नेपालमा लागु हुने एन्फा लिग नियम अनुसार नै लिग गराएको नगर खेलकुद समितिका अध्यक्ष विजय तोलाङ्गी बताउँछन् । खेलको निर्णयमा हेड टु हेट लागु हुने नहुने भन्दा नेपाल भित्र हुने लिगमा एन्फाको नियममा कुनै दुई टिमबिच सम्मान अंक भए गोल अन्तरले निर्णय हुने मोरङ जिल्ला फुटबल संघले नियमबारे जानकारी गराएको अध्यक्ष विजयले बताएका छन् ।

लिग नियमको अन्योलयतामा उठ्ने प्रश्न जायज रहेको विजय बताउँछन् । अन्योलयतामा उठ्ने प्रश्नले नै स्पष्टता प्रदान गर्ने उनको मत रहेको छ । सबैको आवाजको सम्मान गर्दै बेलबारीमा खेल क्षेत्रको विकासको लागि आफ्नो कार्यकालमा कुनै कन्जुसाई नगर्ने उनले बताए । उनले बेलबारीको खेल क्षेत्रको विकासको निम्ति छैटौँ बेलबारी मेयर कपको समीक्षा गर्दै भए पनि सबै मिलेर प्रतियोगिता सफल बनाउन आग्रह गरेका छन् ।

(बेलबारी वडा नं.१० को फुटबल टिम)

(बेलबारी वडा नं.१ को फुटबल टिम)

प्रतिक्रिया दिनुहोस्