सुन्दरहरैचामा ‘नेपाली भूमि अतिक्रमणको विरुद्ध स्रष्टा आवाज कार्यक्रम’


मोरङ, ३० कात्तिक । नेपाली भूमि अतिक्रमणको विरुद्ध स्रष्टा आवाज साहित्य तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । दुई दिने कार्यक्रमको समापन मोरङको सुन्दरहरैचामा भएको हो ।

पहिलो दिनको कार्यक्रम शुक्रवार बेलबारीमा भएको थियो । साहित्य विकास समिति, स्रष्टा समाज बेलबारी र विराट साहित्य समाज सुन्दरहरैचाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटिएपछि देशभर विरोधको आन्दोलन भैरहेकोबेला बेलबारी र सुन्दरहरैचामा साहित्य तथा साङ्गीतिक कार्यक्रमद्वारा दुई दिने विरुद्ध साथै खबरदारी अभियान गरेको हो ।

सुन्दरहरैचामा नेपाली भूमि अतिक्रमणको विरुद्ध कार्यक्रममा साहित्यकारहरूले आफ्नो रचनाद्वारा विरोध जनाएका थिए । साहित्यकारहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूमि अतिक्रमण विरुद्ध रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदी, प्रगतिशील लेखक सङ्घ मोरङका अध्यक्ष विदुर घिमिरे, साहित्यकार आचार्य अ, ईरान राई, यज्ञ सुसेली, छवि बैरगी घिमिरे, तिला लेकाली, धनजित पराजुली, जे.वि राई, रमेश निरौला, मोहन प्रसाद काफ्ले लगायतको उपस्थिति रहेको थियो । गायक सञ्जीव धिमालले पनि राष्ट्रभाव गीत प्रस्तुत गरेका थिए ।

स्रष्टा आवाज साहित्य तथा साङ्गीतिक कार्यक्रम विराट साहित्य समाजका अध्यक्ष उमनाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्