कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित


मोरङ । सत्तारुढ नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका प्रदेशसभाका सदस्यहरूले भने सिटौलालाई ‘फ्लोर क्रस’ गरेका थिए । सत्ता गठबन्धनको ४७ सांसदमध्ये काँग्रेसका कृष्ण सिटौलालाई ४५ सांसदले मात्र मत दिएका हुन् । तर स्थानीय तहका प्रमुख र उपप्रमुखमा सिटौलाले अग्रता बनाएपछि उनी निर्वाचित भएका हुन् । महिला क्लस्टरतर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्