छैठौँ बेलबारी मेयर कपको ९औँ दिन : पहिलो खेलमा वडा नं.२ को १ गोल, ७ गोल विहीन


बेलबारी । बेलबारीमा जारी छैठौँ बेलबारी मेयर कपको फुटबल लिगको ९औँ दिनको पहिलो खेलमा वडा नं. २ ले ७ लाई १ गोलको अन्तरले पराजित गरेको छ । बेलबारी वडा नं.११ स्थित लक्ष्मी खेल मैदानमा आज (मङ्गलवार) वडा नं.२ र ७ बिच भएको प्रतिस्पर्धात्मक खेलमा २ ले १–० अन्तरले पराजित गरेको हो ।

खेलको मेन अफ द म्याच बेलबारी २ का खेलाडी सन्देश आचार्य घोषित भएका छन् । आचार्यले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

(खेलको मेन अफ द म्याच बेलबारी २ का खेलाडी सन्देश आचार्य)

दोस्रो खेलमा वडा नं.१० र ११ बिच भएको थियो । वडा नं.१० लाई ११ ले १–० गोल अन्तरले हराएको छ । दोस्रो खेलको मेन अफ दी म्याच विक्रम धिमाल घोषित भएका छन् । उनले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

समूह ‘ख’ मा रहेको वडा नं.२, ६, १० र ११ ले अहिले सम्म खेलेको ३ खेल खेलिसकेको छ । जसमा बेलबारी २ ले १ खेल बराबरी, १ हार र आजको खेलमा जित हासिल हारेको छ । ३ खेल भित्र २ गोल गर्न सफल भएको छ भने २ गोल खाएको छ । यस खेलको परिणाम अनुसार बेलबारी २ ले ४ अङ्क प्राप्त गरेको बेलबारी खेलकुद समितिले जनाएको छ ।

त्यसै गरी बेलबारी ११ ले ३ खेलमा जित हासिल गरेको छ । ४ गोल गरेको छ भने उनले कुनै विपक्षी टिमलाई कुनै गोल गर्न दिएको छैन । अहिले सम्मको लागि बेलबारी ११ सर्वाधिक गोल गर्ने र सबै भन्दा बढी अङ्क प्राप्त गर्ने टिम बनेको छ । वडा नं.११ ले अहिले सम्म ९ अङ्क प्राप्त गरेको छ ।

बेलबारी ७ ले ४ खेलमा १ पटक मात्र जित हासिल गरेको छ । ३ खेलमा वडा नं.७ ले हार बेहोर्नु परेको छ । अहिले सम्मको ४ खेल भित्र २ गोल गर्न सफल भएको छ भने ६ गोल खाएको छ । बेलबारी ७ ले ३ अङ्क प्राप्त गरेको छ ।

त्यस गरी बेलबारी १० को ३ खेलमा १ बराबरी, १ जित र १ हार भएको छ । ३ खेल भित्र २ गोल गरेको छ भने १ गोल खाएको छ । बेलबारी १० बेलबारी ७ भन्दा १ अङ्कले अगाडी छ । बेलबारी १० ले अहिले सम्मको खेल परिणाम अनुसार ४ अङ्क प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्