छैठौँ बेलबारी मेयर कपको ७ औँ दिन : पहिलो खेलमा वडा नं.१० को २ गोल, ७ गोल विहीन


बेलबारी । बेलबारीमा जारी छैठौँ बेलबारी मेयर कपको ७ औँ दिनको पहिलो खेलमा वडा नं.१० ले ७ लाई २ गोलको अन्तरले पराजित गरेको छ । बेलबारी वडा नं.११ स्थित लक्ष्मी खेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा वडा नं.१० को फुटबल टिमले ७ लाई हराएको हो ।
याक्खाले खेल सुरु भएको २ मिनेटमै गोल गरेका थिए । वडा नं.१० को तर्फबाट याक्खाले गोल गरे पछि ७ ले दबाब पूर्ण खेल खेल्नु गरेको थियो ।

(बेलबारी वडा नं.१० को फुटबल टिम)

याक्खाले नै १४ मिनेटको अन्तरमा थप गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफबाट नै दबाबमा रहेको वडा नं.७ ले दोस्रो हाफमा पनि गोल गर्न सकेन । याक्खाको दोस्रो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
खेलको म्यान अफ द म्याच पनि वडा नं.१० का खेलाडी जेनिल याक्खा नै घोषित भएका छन् । उनले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

(बेलबारी वडा नं.१० को फुटबल टिम)

दोस्रो खेल वडा नं.६ र ११ को भएको थियो । वडा नं. ११ ले ६ लाई १ गोलको अन्तरले हराएको छ । आज भएको प्रतिस्पर्धात्मक रहेको खेलमा ६ ले गोल गर्न सकेन ।

वडा नं.११ का खेलाडी इमी लिम्बुले खेलको ५६ मिनेटमा गोल गरेर टिमलाई जित दिलाएको छ । खेलको मेन अफ द म्याच बेलबारी ११ का खेलाडी नाइस राई घोषित भएका छन् । उनले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

भोली मङ्गलवार बेलबारी वडा नं.१ स्थित नक्सल खेल मैदानमा पहिलो खेल वडा नं.८ र ९ बिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल १ र ५ बिच हुने बेलबारी नगर खेलकुद समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्