प्रथम प्रभात किरण प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न : न्यु सेप कराँते एकेडेमी प्रथम


सुन्दरहरैँचा । प्रथम प्रभात किरण प्रदेश स्तरीय कराँते प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रभात किरण एकेडेमीको आयोजनामा मोरङको सुन्दरहरैँचा वडा नं.८ स्थित प्रभात किरण मा.बिमा प्रतियोगिता सम्पन्न भएको हो ।

सर्वाधिक पदक हासिल गरेर प्रतियोगिताको प्रथम न्यु सेप कराँते एकेडेमी भएको छ । प्रथम भएको न्यु सेप कराँते एकेडेमीले ट्रफीसहित रु.२० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रभात किरण कराँते एकेडेमी दोस्रो भएको छ । प्रभात किरणले ट्रफी र नगद पुरस्कार रु.१५ हजार प्राप्त गरेको छ ।

दुलरी कराँते एकेडेमी तेस्रो भएको छ । दुलारीले ट्रफीसहित नगद रु.१० हजार प्राप्त गरेको छ । आयोजक टिमका कुन्ज्न सुवेदी र दुलारीकी डोलमा तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्