उपभोक्ताले चाहिएजति विद्युत् प्रयोग गर्न पाउने : कुलमानको रणनीतिक योजना


काठमाडौँ, ३० कात्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्डक्सन चुलो र चार्जिङ स्टेसनका लोडलाई धान्ने गरी संरचना बनाउने रणनीतिक योजना अगाडि सारेको छ ।

उपभोक्ताले चाहिएजति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्मरमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गरी विद्युत्को खपत बढाउने भएको छ ।

प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौँ अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग शुक्रवार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा वितरण केन्द्रहरूलाई आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्नुहोस् भन्दै उत्पादित विद्युत् खेर जान नदिनु चुनौतीपूर्ण रहने निर्देशक घिसिङले बताए ।

घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्नु विद्युत् खपत अवश्याक रहने भएकोले विद्युत् प्राधिकरणले करिब दश हजार वितरण ट्रान्सफर्मर थप जडान गरी करिब एक हजार मेगवाट बराबरको वितरण क्षमता बढाइएको छ ।

उपभोक्ताले चाहिएजति विद्युत् खपत गर्ने, वितरण प्रणाली पनि विश्वसनीय र भरपर्दो बन्ने भएकोले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्