नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय


काठमाडौं । नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजायसँगै ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ ।  १३ पुसमा अदालतले उनलाई जबरजस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो ।

अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो । सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो । १६ महिनाअघि आफ्नी ‘फ्यान’ लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उनलाई कसुरदार ठहर गरेको हो ।

पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्