पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक : ३ करोड ३४ लाख रुपैयाँ बरामद


काठमाडौं । काठमाडौं बुढानीलकण्ठबाट हिजो (मंगलबार) राति पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत बम्जनलाई आज (बुधवार) हत्कडीसहित सार्वजनिक गरिएको हो ।

मंगलबार सीआईबीले बम्जन बसेको बुढानीलकण्ठस्थित घरमा मार्ने क्रममा उनी दुई तला माथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । उनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । प्रहरीले बरामद गरेको ३ करोड ३४ लाख रुपैयाँ पनि सार्वजनिक गरेको छ ।

यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दुराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनी विरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरीले चलाएको थियो ‘ब्लु अपरेसन’ चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्