प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त


काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् । थापालाई मन्त्रिपरिषद्को बैठकबाट प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो ।

कुन्दन अर्यालको राजीनामा स्वीकृत भएसँगै थापालाई नियुक्त गरिएको हो । थापा पुन दोस्रो पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएका छन् । नेकपाका केन्द्रीय सदस्य थापा यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका प्रेस सल्लाहकार थिए ।

ओलीले आर्थिक सल्लाहकारमा पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई नियुक्त गरेका छन् भने विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलिया नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्