इलाम । आफ्नै छोराको हत्याको अभियोगमा ३६ वर्षीय दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिका वडा नं.६ बिहीबारे बस्ने दिल कुमारलाई १९ वर्षीय छोरा जीवनको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा जीवन गम्भीर घाइते भएका थिए । जीवनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले दिल कुमारलाई पक्राउ गरेको हो । घटना बारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।