माइतीघर मण्डलाबाट डा. गोविन्द केसी पक्राउ परे


काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केसीले सशस्त्र द्वन्द्वकलामा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् । उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्