मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु


काठमाडौँ, ३० कार्तिक ।  काठमाडौँको बानेश्वरमा आज(शनिवार) बिहान मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सडक डिभाइडरमा बा ९१ प १७६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका सशस्त्र प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको हो । प्रहरीका अनुसार रोकायसँगै बाइकमा बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगर पनि दुर्घटनाबाट गम्भीर घाइते भएका छन् ।

दुर्घटना पछि उपचारको लागि दुवैलाई सिभिल अस्पतालमा लगिएको थियो । तर रोकायको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रदीपको भने सिभिलमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्