जसपाकाे लिम्बुवान स्तरीय राजनैतिक प्रशिक्षण सम्पन्न


धरान। जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा ३ दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ । धरान स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको पौष १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रमलाई जसपा, नेपालका केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज रकम चेम्जाेङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ का सह इन्चार्ज पर्शुराम बस्नेत, केन्द्रीय कार्यकारिणी समिति सदस्य रनध्वाेज कन्द्ङवा, केन्द्रीय कार्यकारिणी समिति सदस्य मा. सुशीला राई, केन्द्रीय सल्लाहकार प्रा.डा. महेन्द्र लावती, केन्द्रीय सदस्य खगेन्द्र माखिम, केन्द्रीय लेखा विभाग सदस्य दिलेन्द्र कुरुम्बाङले सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षणमा विधान बारे, संगठनात्मक कार्य पद्धति, पार्टीको आदर्श, संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो, सङ्गठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलन, राजनीतिकमा लैङ्गिक सशक्तीकरण तथा युवा, विद्यार्थी र महिलाको भूमिका, समानुपातिक समावेशिता र निर्वाचन सम्बन्धित कानुनहरू, पार्टी निर्माण र विस्तार, लिम्बुवान प्रदेश निर्माण: इतिहास र औचित्य, पहिचानमा आधारित १० प्लस १ प्रदेशको संरचना (अबको नेपालको आठौँ प्रदेश, लिम्बुवान प्रदेश ) र पार्टी निर्माणको सवाल लगायत विषयमा सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, राष्ट्रिय समितिका सदस्यहरू, स्वायत्त क्षेत्र समितिका प्रतिनिधिहरू, जिल्लाका पदाधिकारीहरू, पालिका समितिका प्रतिनिधिहरू गरी १५० जनाको सहभागी रहेको थियो । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मा. निर्मला तावा, केन्द्रीय सदस्यहरू दीपक मेन्याङ्बाे, भिम राई लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्