सरकारले मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने : बालकुमारी घटना


काठमाडौं । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । आज (शनिवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए ।

प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी सिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ ।

कोरिया रोजगारीमा जानका लागि आवेदन दिन नपाएकोमा आक्रोशित युवाहरूले हिजो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्