नेपाली भूमि अतिक्रमणको विरुद्ध बेलबारीमा स्रष्टा आवाज कार्यक्रम


मोरङ, २९ कात्तिक । मोरङको बेलबारीमा नेपाली भूमि अतिक्रमणको विरुद्ध स्रष्टा आवाज साहित्य तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बेलबारी साहित्य विकास समिति, स्रष्टा समाज बेलबारी र विराट साहित्य समाज सुन्दरहरैचाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटिएपछि देशभर विरोधको आन्दोलन भैरहेकोबेला बेलबारीमा पनि साहित्य तथा साङ्गीतिक कार्यक्रमद्वारा दुई दिने विरुद्ध साथै खबरदारी अभियान सुरु गरेको छ । दोस्रो दिनको कार्यक्रम भोलि शनिवार सुन्दरहरैचामा हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ मोरङका अध्यक्ष विदुर घिमिरे, साहित्यकार आचार्य अ, इरान राई, यज्ञ सुसेली, छवि बैरगी घिमिरे, तिला लेकाली, उमा सिजापति, धनजित पराजुली, उमानाथ भट्टराई रमेश निरौला, राजेन्द्र कार्की लगायतले रचना वाचन गरेका थिए । गायक संजिव धिमाल र सदिक्षा भट्टराईले पनि राष्ट्रभाव गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन स्रष्टा समाजका सचिव जे.वि राईले गरेका थिए भने बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीको सभापतित्व सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्