कबीर माविको वार्षिक उत्सव तथा ३६ औँ वार्षिक अभिभावक दिवश सम्पन्न


मोरङ । बेलबारी नगरपालिका वडा नं २ लालभित्तीमा रहेको श्री कबीर माविले एक कार्यक्रमकाविच आफ्नो ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको छ । विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवशको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले विद्यार्थीलाई देश बनाउने जिम्मा विद्यार्थीको काँधमा रहेको बताउँदै असल नागरिक बन्ने आग्रहसमेत गरे । प्रमुख अतिथि राई अभिभावकले भनेको मान्न आग्रहसमेत गरेका थिए । उक्त कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, वडा सस्यहरू माधव निरौला, मञ्जु रिजाल, दीपक लिम्बू, बुन्दु विश्वकर्मा, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, चन्दादाता तथा अक्षयकोष स्थापनाकर्ता, विद्यालयका पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू तथा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक इन्द्रबहादुर थापाबाट विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, शिक्षक अभिभावक संघका अध्यक्ष होमप्रसाद पिठाकोटी मगरबाट सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, पूर्व शिक्षक तथा सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल, कबीर माविका व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरेन्द्र बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै वार्षिक निवृत्त शिक्षकलाई सम्मान तथा बिदाइसमेत गरिएको थियो । त्यस्तै परीक्षामा उत्कृष्ट अङ्क ल्याएर विद्यालय प्रथम, द्वितीय तथा तृतीय हुने र अनुशासन तथा बढी उपस्थिति हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मेन्याङ्वोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने शिक्षक सञ्जीव धिमालको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्