RAYZR 125 FI Mileage challenge and Rally सम्पन्न : विजेता राज पोखरेल


सुन्दरहरैँचा । RAYZR 125 FI Mileage challenge and Rally को विजेता राज पोखरेल भएका छन् । सुन्दरहरैँचा वडा नं.९ मा अवस्थित यामाहा सोरुम विराटचोकको आयोजना बुधवार सम्पन्न उक्त प्रतियोगितामा ७७ किलोमिटर प्रति लिटर खपतमा पोखरेल प्रथम भएका हुन ।

७६.३३ किलोमिटर प्रति लिटर खपत गरेर फस्ट रनर अप महेश तामाङ र ७६ किलोमिटर प्रति लिटर खपत गरेर तृतीय सेकेन्ड रनर अप निशा अधिकारी भएकी छिन । सुन्दरहरैँचाको यामाहा सोरुम विराटचोकबा सुरु भएको यात्रा लेटाङ पुगेर सम्पन्न भएको थियो ।

सुन्दरहरैँचा, बेलबारी, कानेपोखरी हुँदै लेटाङसम्मको यात्रामा प्रतियोगीहरूलाई आयोजकबाट ट्राफिक नियमको जानकारी पनि गराएका थिए । प्रतियोगिताको समापन कार्यक्रम भिन्टेस रिसोर्टमा भएको थियो ।

प्रतियोगिताका विजेता प्रतियोगीलाई पुरस्कृत गर्नको साथै च्ब्थ्श्च् स्कुटर जानकारी प्रदान गराए । साथै हाँडी फुटाई, काउन्ट नम्बर सेभेन लगायतको खेल खेलाएर आयोजकले मनोरञ्जन प्रदान गर्नको साथै पुरस्कृत पनि गरे । यस प्रतियोगितामा आफ्नो प्रोडकको जानकारी मात्र प्रदान गरेनन्, यामाहा सोरुम विराटचाकले प्रतियोगी ग्राहकहरूको मन पनि जितेको छ ।

प्रतियोगितामा सहभागी कोही ग्राहकहरू खाली हात फर्केनन्, सबैले कुनै कुनै खेल विधामा विजेताको पुरस्कारको साथै यामाहा सोरुम विराटचोकको मायाको चिन लिएरै फर्केका छन् । रिजनल सेल्स अफिसर रोविन श्रेष्ठ, एरिया सेल्स अफिसर कुन्दन भण्डारी, एरिया सर्भिस इन्जिनियर अमित कुमार झा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यामाहा सोरुम विराटचोकका प्रमुख विष्णु कार्की भन्छन्,‘हाम्रो ब्रान्डको साधन र सामाग्री प्रयोग गरेर ग्राहक खुशी देख्दा हामी खुशी हुन्छौ । ग्राहक खुशी नै हाम्रो खुशी हो ।’

प्रतिक्रिया दिनुहोस्