कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचानवादीहरूले ढुङ्गा प्रहार गरेका हुन् ।

मङ्गलवार दमक नगरपालिकाले आयोजना गरेको लागुऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको जनाइएको छ । एक दर्जनको संख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरे । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेका अनुसार पहिचानवादीहरूले कालो झण्डा देखाउँदै ढुङ्गा प्रहार गरेका थिए ।

गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो । त्यस क्रममा किरात प्रदेशको पक्षमा रहेकाहरूले कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए । पहिचानवादीले आक्रमण प्रयास गरेपछि प्रहरीले कार्की सवार गाडीलाई सुरक्षा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्