काठमाडौँ, २९कात्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
भारतले निकालेको नयाँ नक्सा विरुद्ध नेपाल सरकारलाई बुधवार दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा जारी गर्न र आवश्यक परे यो विवादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसङ्घसम्म पुर्याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले माग गरेका छन् ।
भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले नक्सा अस्वीकार्य भएको बताए पनि नेपालमा दिनँहो विरोधसभा भइरहेका छन् ।