एनसेल आजियाटाको जवाफ : “कानुनी कर्तव्यपालन गर्न कटिबद्ध छौ”


काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहेको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा चौतर्फी प्रश्न उठे पछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ ।

पुँजीगत लाभकर छली गरेको भन्दै प्रश्न उठेपछि संघीय संसद् अन्तर्गतको अर्थ समितिको बुधवार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका थिए । खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको शेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मङ्सिर १५ गते एनसेललाई शेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात सङ्कलन हुना साथ तत्काल सो कागजातहरू सङ्कलन गरी दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको शेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने समेत जानकारी गराएको छ । एनसेलको शेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्