रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी


रुपन्देही । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । बसको ठक्करबाट सांस्कृतिक नगरपालिका ४ महुबारीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिवार करिब ९ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिकाको सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई ठक्कर दिएको हो ।

बाइक सावर व्यक्तिको मृत्युको कारण आक्रोशित भएका स्थानीयले बसमा आगो लगाइदिएका छन् । स्कुल बस चालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्