दलित वर्ग उत्थान समिति बेलबारीको अध्यक्षमा खगेन्द्र बहादुर तोलाङ्गी निर्वाचित


बेलबारी । दलित वर्ग उत्थान समिति बेलबारीको अध्यक्षमा खगेन्द्र बहादुर तोलाङ्गी निर्वाचित भएका छन् । बेलबारी नगरपालिका वडा नं.४ स्थित दलित वर्ग उत्थान समिति बेलबारीको सङ्ग्रहालय भवनमा सम्पन्न छैठौँ वार्षिक साधारण सभाद्वारा खगेन्द्र सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम नेपाली, उपाध्यक्षमा मैया विश्वकर्मा, सचिवमा ध्यान मग्राती, कोषाध्यक्षमा बेस बहादुर विश्वकर्मा, सदस्यहरूमा मदन सार्की, विनोद विश्वकर्मा, शुष्मा विशखे, सितादेवी विश्वकर्मा, ढोकल बहादुर दर्जी, पुण्य दर्जी, निर बहादुर दर्जी, भद्र बहादुर दर्नाल, तिलक अछामी सार्की, भिक्नी सरदार, सुभाष रम्तेल रहेका छन् । लेखा समितिमा सितादेवी विश्वकर्मा, सदस्यमा राजकुमार हिङ्गमाङ्ग र सरस्वती उपरकोटी रहेका छन् ।

खुल्ला सत्र हरि बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । खुल्ला सत्रमा सभालाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले नेपाली समाजको विकासको लागि कुसंस्कार त्याग्दै खानपिनमा सुधार गर्न आग्रह गरेका छन् । वर्गको वर्गीकरण जातले हैन शिक्षा सहितको सिपले निर्धारण गर्ने राईले बताए । फलित ज्योतिषको भ्रममा नपरी गणित ज्योतिषमा मात्र विश्वास गर्नु पर्ने उनले बताए ।

उनले भने, ‘ब्राह्मण, क्षेत्री, बैँस र शूद्र सबै जातीमा जन्मिन्छ । तर हिजोको मासान्तवादको व्यवस्थाले जातमै वर्गीकरण गरेर घृणा, विभेद, अवसरबाट वञ्चित गरिने गरेको थियो । जुन आज सम्म पूर्ण सुधार भइसकेको छैन ।’

नगर उपप्रमुख नितुथापाले शुभकामना प्रदान गर्दै दलित महिलाहरूलाई पनि दलित वर्ग उत्थान समिति बेलबारले नेतृत्वको अवसर प्रदान गर्न आग्रह गरेकी छिन । छोरा र छोरीमा कुनै भेदभाव नगरी अवसर प्रदान गरे मात्र समावेशी समातमुलक समाज निर्माण हुने उनले बताइन ।

बेलबारीको दलित समुदायको पहिलो जिल्ला स्तरीय फुटबल खेलाडी राजु परियार, नेकपा एमालेका बेलबारी नगरपालिकाका अध्यक्ष शङ्कर गुरुङ, नेकपा माओवादी केन्द्र बेलबारी नगरका अध्यक्ष पर्शुराम सुवेदी, वडाध्यक्ष चन्द्र लिम्बु लगायतले शुभकामना प्रदान गरे । शुभकामना प्रदान गर्दै नेकपा माओवादी केन्द्र बेलबारी नगरका अध्यक्ष पर्शुराम सुवेदीले दलित वर्ग उत्थान समिति बेलबारीले पहाडी दलित समुदायलाई मात्र नभएर मधेसका दलित समुदायलाई पनि समेटे मात्र समावेशी हुने सुझाव दिएका छन् ।

सुवेदीले देशको बढ्दो आर्थिक सङ्कटलाई निहाल्दै प्रत्येक नेपालीले मितव्ययी गरी चल्नु पर्ने आग्रह गरेका छन् । साथै कार्यक्रममा पनि खँदा, माला, ब्याच लगायतमा गर्ने अतिरिक्त खर्चको न्यूनीकरण गरे आर्थिक सञ्चय हुने सुझाव सुवेदीले दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्