विश्व मधुमेह दिवसको अवसरमा नोबेलको निशूल्क स्वास्थ्य शिविर


मोरङ, २८ कात्तिक / नोबेल मेडिकल शिक्षण अस्पताल विराटनगरले बेलबारीमा विश्व मधुमेह दिवसको अवसर पारेर बिहिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेको जेष्ठ सदस्य मञ्चको सभाहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । डा. हिमलाल भण्डारीका अनुसार शिविरमा जेष्ठ सदस्ययहरुको मधुमेह रोगको परीक्षण गर्नुको साथै आँखा, दन्तरोग सम्बन्धी जाँच भएको थियो । शिविरमा रोगबारे स्वास्थ्य परामर्श पनि प्रदान गरेका थिए ।

नोबेल मेडिकल शिक्षण अस्पतालले पछिल्लो समयमा गाउँ गाउँमा डक्टर गाउँ गाउँमा नर्स कार्यक्रम सञ्चालन गर्दै आएको छ भने गरिब तथा विपन्न परिवारलाई ठुलो राहत मिलेको नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी बताएका छन् ।

https://youtu.be/q_xqaahGW_4

प्रतिक्रिया दिनुहोस्