दोस्रो टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८० को विजेता सुन्दरशान्ती टोल


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ मा जारी “दोस्रो टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८०” को उपाधि सुन्दरशान्ती टोलले चुमेको छ । आज (शनिवार) वडा नं.३ स्थित बेलबारी रङ्गशालामा भएको फाइनल खेलमा सुन्दरशान्तीले ३–० गोल अन्तरले राधाकृष्ण खोरिया टोललाई हराउँदै विजेता भएको हो ।

सुन्दरशान्ती टोलको तर्फबाट नवीन राईले २ गोल र रविन लिम्बुले १ गोल गरेर टिमलाई उपाधि दिलाएको छ । उत्कृष्ट मिडफिल्ड सुन्दरशान्ती टोलका सन्लाईट रसाइली उत्कृष्ट डिफेन्डर खेलाडी राजेश राई, सर्वाधिक गोलकर्ता नवीन राई, उत्कृष्ट खेलाडी रविन लिम्बु, उत्कृष्ट कोच विजय तामाङ, उत्कृष्ट गोलकिपर सुवास राई घोषित भएका छन् ।

म्यान अफ द म्याचमा राधाकृष्ण खोरिया टोलका खेलाडी कुशल लिम्बु घोषित भएका छन् भने उत्कृष्ट फर्वाडमा निकेत मगर, उदयमान खेलाडीमा प्रसेस बस्नेत घोषित भएका छन् । विजेता टिमले रु.२५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ । उपविजेताले रु.१५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ ।

   

प्रतिक्रिया दिनुहोस्