आगलागी पीडित व्यवसायीलाई बेलबारी उद्योग वाणिज्यको सहयोग


बेलबारी । बेलबारी नगरपालिका वडा नं.५ कसेनी बजारमा भएको आगलागी पीडित परिवारलाई बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार बिहान व्यवसायी विद्यानन्द भगतको २ तले घरमा अचानक आगलागी हुँदा करोड भन्दा बढीको क्षति थियो । उक्त घटना प्रति बेलबारी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै केही सहयोग सामग्री हस्तान्तरण गरेको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ(अशोक)ले जानकारी दिए ।

भगतको घरमा भाँडा, किराना र सनपाटको पसल थियो । स्थानीय, प्रहरी र विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार आगोले घरसहित घरमा सञ्चालित पसलमा रहेका सामानहरू जलेका छन् । आगालागिमा करिब एक करोड भन्दा धेरैको क्षति भएको भगतको भनाइ छ ।

घटनामा मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्