पू.वि. व्यवस्थापन संकायको डिनमा नियुक्त डा.श्रेष्ठद्वारा पदभारग्रहण


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त हुनु भएका डा.सन्देशदास श्रेष्ठले आज पदभारग्रहण गर्नु भएको छ । व्यवस्थापन संकाय डिनको पदभार ग्रहण गर्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयको शाखालाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने बताउनुभयो । गत शुक्रवार डिनमा नियुक्त हुनु भएका सहप्राध्यापक डा. श्रेष्ठलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आज पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।

नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औँ डिन हुनुहुन्छ । उहाँको कार्यकाल ४ वर्षको रहेको छ । वि.स. २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आउनु भएका डा. श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधि गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्