बेलबारी ५ कसेनि बजारमा एक पसलमा आगलागी


बेलबारी । बेलबारी नगरपालिका वडा नं. ५ स्थित कसेनि बजारमा रहेको विध्यानन्द भगतको पसलमा आगलागी भएको छ। स्थानीयका अनुसार बिहान करिब १० बजे आगलागी भएको हो ।

आगो नियन्त्रण गर्न करिब १० वटा दमकलको प्रयोग भएको स्थानीय बताउँछन् । आगो निभाउन बेलबारी, सुन्दरहरैँचा, विराटनगर, पथरीशनिश्चरे, कानेपोखरीबाट दमकल आएको स्थानीय ईश्वर गिरीले बताए ।

मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिको करिब ४० लाख भन्दा बढीको क्षति भएको पसल मालिक भगत बताउँछन् । के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्