उद्घाटन खेलको विजेता युनाइटेड भेट्रान : ‘बोराबाँध बेलबारी भेट्रान फुटबल प्रतियोगिता’


बेलबारी । बेलबारी नगरपालिका वडा नं.६ मा ‘बोराबाँध बेलबारी भेट्रान फुटबल प्रतियोगिता २०८०’ को उद्घाटन खेलको विजेता युनाइटेड भेट्रान विराटनगर भएको छ । युनाइटेडले एभरेष्ट भेट्रान मोरङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको तर्फबाट जर्सी नं.१० का खेलाडी निर्मल खड्काले गरेको गोल नै निर्णायक भयो । पहिलो हाफमा थप गरेको २ मिनेटमा खेलको २१ मिनेटमा निर्मलले गोल गरेका हुन । दुई टिमबिचको खेल प्रतिस्पर्धात्मक साथै आक्रामक भएको थियो । दोस्रो हाफमा एभरेष्टले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ । निर्मल खेलको मन अफ दी म्याच घोषित भए ।

बेलबारी ६ को श्री वीरेन्द्र मा.वि खेल मैदानमा आज (सोमबार) देखी सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ११ हुने अध्यक्ष क्लबका अध्यक्ष सुमन राईले जनाएका छन् । खेलको उद्घाटन बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईद्वारा भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख राईले स्वास्थ्यको लागि खेलकुदको महत्वलाई बुझाउने गरी भेट्रान खेलाडीहरूको प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद प्रदान गरे । ४० वर्ष देखी माथि उमेरकाले खेलको महत्वलाई बुझेर स्वास्थ्य रहन खेल जीवन अङ्गाल्न प्रोत्साहन गर्दै शिक्षा प्रदान भेट्रान खेलाडीहरूद्वारा भएको नगर प्रमुख राईले बताए ।

क्लबका अध्यक्ष सुमनका अनुसार युनाइटेड भेट्रान विराटनगर र एभरेष्ट भेट्रान मोरङसँगै घुम्ती भेट्रान लेटाङ, हाम्रो इटहरी भेट्रान इटहरी, ग्रामथान भेट्रान, पाराबारी भेट्रान शिवसतासी झापा, विराट भेट्रान विराटचौक र आयोजक गरी ८ टिम प्रतियोगितामा सहभागी हुने छ । विजेताले रु.३१ हजार र उपविजेताले रु.२१ हजार नगद पुरस्कार प्रदान गर्ने प्रतियोगिताका खेल संयोजक उदय राईले बताए ।

एभरेष्ट भेट्रान मोरङ
प्रतिक्रिया दिनुहोस्