नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्मा अनुसार टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। पछिल्लो समय नेपालमा सामाजिक सद्भाव बिथोल्ने, अश्लीलता प्रस्तुत गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको शर्माले बताइन् । ‘आजैदेखि लागु हुने गरी बन्द गर्ने निर्णय भएको छ । प्राविधिकको कुरा हो । हेरौँ बन्द हुन कति समय लाग्छ’ मन्त्री शर्माले भनिन् ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अधिकांश भूकम्प प्रभावितसँग सम्बन्धित निर्णयहरू गरेको छ ।

 निर्णयहरू

प्रतिक्रिया दिनुहोस्