आइपिएलको १३ औँ संस्करणमा सन्दीप रिलिज नगर्ने


काठमाडौँ,२८ कात्तिक । आईपीएलको १३ औँ संस्करणमा दिल्ली क्यापिटलले नेपालका युवा स्टार सन्दीप लामिछानेलाई रिलिज नगर्ने भएका छन् ।

धेरै देशहरूमा क्रिकेट खेलेका सन्दीपकालागि आईपीएल सबै भन्दा महत्त्वपूर्ण भएको छ । सन् २०१८ देखि आईपीएल खेल्न थालेका सन्दीपलाई एक्सपोजर दिलाउने पहिलो स्थान भएको छ । सन्दीपले २०१९ को आईपीएलमा आफ्नो उत्कृष्ट लय कायम राख्न सकेन भने सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौँ मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले रिलिज नगर्ने सम्भावना बलियो रहेको छ ।

आईपीएलको १३ औँ संस्करण सन् २०२० को अप्रिल–मे मा हुने भएको छ भने आगामी १९ डिसेम्बरमा अक्सन हुनेछ । सन्दीपलाई दिल्ली क्यापिटलले २० लाख भारुमा ३ वर्षको सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्