मन्त्री रामबहादुर राना मगरले राजीनामा दिए : एमाले कोशी प्रदेश सरकारबाट बाहिरियो


मोरङ । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले राजीनामा दिएका छन् । रानाका अनुसार आज (शनिवार) बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।

रानाले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ ।’ मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक मन्त्री शुक्रवार नियुक्त गरेका थिए ।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्