डलरको मूल्य एक रुपैयाँ बढ्यो, भारुसँगै कमजोर बन्दै नेपाली रुपैयाँ


काठमाडौँ, २८ कात्तिक । अमेरिकी डलरको मूल्य बढ्दा नेपाली रुपैयाँ कमजोर भएको छ । डलरको मूल्य एक रुपैयाँ बराबर १ सय १४ रुपैयाँ ६४ पैसामा भएकोमा बिहीबार १ सय १५ रुपैयाँ ६५ पैसाको कारोबार भएको छ ।

भारतीय रुपैयाँ डलरको तुलनामा खस्किँदा नेपाली मुद्राको विनिमय दर पनि कमजोर भएको हो । डलरको भाउ बढेपछि विदेशी सामानको मूल्य महँगो हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने अर्थविदहरुले बताएका छन् । त्यस्तै भारतसँग नेपालको ७० प्रतिशत व्यापार भएकोले भारु कमजोर हुँदा नेपालमा असर हुने भएको छ ।

वैदेशिक रोजगारमा गएको नेपालीहरूले पठाएको पैसाको परिमाण बढ्ने भएको छ भने नेपालमा आउने पर्यटन मार्फत डलरको भाउ बढ्दा केही आम्दानीमा वृद्धि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्