बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगे


काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । बिहीबार उनी दुई दिने भ्रमणका लागि इजरायल पुगेका हुन् । इजरायलमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपतिसँग भेट गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुसँगको भेटमा बेलायती प्रधानमन्त्री सुनकले हमासलाई सजाय दिने इजरायली अधिकारको सम्मान गर्ने बताएका छन् । साथै उनले हमासले भन्दा इजरायले नागरिकलाई कम क्षति गर्ने प्रयास गरेको बयान दिएका छन् । उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै हमासविरुद्ध इजरायलले गर्ने कारबाहीको सम्मान र समर्थन रहेको बताएका छन् ।

राष्ट्रपतिसँगको भेटमा गाजामा मानवीय सहायताका लागि भएको घोषणाको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार, सुनक र राष्ट्रपति हरजोगले गाजामा प्यालेस्टाइनी नागरिकलाई आपत्कालीन सहायता पुर्‍याउनु पर्ने विषयमा सहमति जनाएका छन् । बेलायती प्रधानमन्त्री इजरायल पुग्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेन पनि इजरायल पुगेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्