भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघको अध्यक्षमा ईश्वर श्रेष्ठ : सचिवमा शिव कुमार राई


बेलबारी । भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । बेलबारी वडा नं.१ स्थित तमु बुद्धिष्ट गुम्बामा सोमबार सम्पन्न भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपालको १२ औँ वार्षिक साधारण सभाद्वारा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्षमा राम कुमार लिम्बु, कर्ण बहादुर गुरुङ, सचिवमा शिव कुमार राई, सहसचिवमा सेरबहादुर राई, कोषाध्यक्षमा दिलबहादुर तामाङ, सदस्यहरूमा खेम बहादुर लिम्बु, हेमकर्णप्रशाद लिम्बु, नवीन कुमार राई, बगैन्द्र राई, राजनशोर राई, धन कुमार राई, चतुरमान राई, जयप्रकाश राई, अबिराम लिम्बु, संगिता राई, सूर्य बहादुर तामाङ, कुल बहादुर लिम्बु, गोविन्द प्रसाद देवान र सुवास लिम्बु निर्वाचित भएका छन् ।

सोमबार भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपालको १२ औँ वार्षिक साधारण सभासँगै गेन्थुगे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारीको ११ औँ वार्षिक साधारण सभा संयुक्त रूपमा सम्पन्न भएको हो । गेन्थुगे बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्षमा चन्द्र राई चयन भएका छन् ।

चन्द्र राईसहित २ आर्थिक वर्ष भित्र ३ कोषाध्यक्ष फेरबदल भइसकेका छन् । चन्द्र राई अघि गणेश लिम्बु र सेर बहादुर राई थिए । सेर बहादुर राईले उक्त साधारण सभामा राजीनामा दिएसँगै सोही सभाद्वारा चन्द्रलाई कोषाध्यक्षमा चयन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्