मतदान कार्य सम्पन्न, ७२.८३ प्रतिशत मत खस्यो : गौतम र कार्कीमा कसले मार्ला बाजी


बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौँ निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । कुल मतको ७२.८३ प्रतिशत मत खसेको छ ।

बेलबारी नगरपालिका वडा नं.३ स्थित भगवती मा.विमा शनिवार सम्पन्न संस्थाको वार्षिक साधारण सभासँगै सुरु भएको निर्वाचनमा मतदान केन्द्रमा कुल २२७५ मा १६५७ मत खसेको हो । वडा नं.१ बाट ५४९, २ बाट ३६७ र ३ बाट ७४१ मत खसेको निर्वाचन अधिकृत विवेकचन्द्र कार्कीले जनाएका छन् ।

अध्यक्ष पदमा नेकपा एमालेका दुर्गाप्रसाद गौतम र नेपाली काँग्रेसका किशोर कुमार कार्की प्रमुख प्रतिस्पर्धी हुन । गौतमको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका छन् । ४ दलको साझा उम्मेदवार भएकैले पनि गौतम, किशोर भन्दा बलियो अध्यक्षको उम्मेदवार देखिएका थिए । तर आज देखी सुरु भएको निर्वाचनमा मतदान कार्य सम्पन्न सँगै दुवै बिच कडा प्रतिस्पर्धा हुन विश्लेषण गर्न थालेका छन् ।

गौतम शिक्षकको साथै विभिन्न संस्थाको नेतृत्व गरिसकेका एक परिपक्व उम्मेदवार हुन भने कार्की एक असल व्यवसायी तथा युवा नेता हुन । दुवै सामाजिक रूपमा सफा छविका उम्मेदवार भएकोले पनि प्रतिस्पर्धात्मक रूपमा मत खस्ने अनुमान गरिएको छ ।

कोषाध्यक्ष पदका उम्मेदवार नेकपा एमालेका बिन्दु र नेपाली काँग्रेसका रिक्त बिच पनि प्रतिस्पर्धा कडा हुने विश्लेषण रहेको छ । बिन्दु पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा नं.१ का पूर्व वडा सदस्य हुन भने २०७९ मा सम्पन्न निर्वाचनमा वडा नं.३ को वडा अध्यक्षमा पराजित उम्मेदवार हुन । दुवै उम्मेदवार वडा नं.१,२ र ३ मा उपभोक्ता बिच परिचित युवा नेता हुन ।

गौतम नेतृत्वको उम्मेदवारहरूमा उपाध्यक्ष पदमा मदन राई, सचिवमा मनकुमार गुरुङ, कोषाध्यक्षमा विन्दुकला गुरुङ, सदस्यमा सम्शेर गिरी, सजिना बराइली, लक्ष्मी दुलाल, खड्गकला गिरी, प्रतापसिंह राणा लेखा समिति संयोजकमा जगत बहादुरी क्षेत्री, सदस्यमा कोपिला तामाङ र सावित्री धिमाल रहेका छन् । त्यस्तै नेपाली काँग्रेसको कार्की नेतृत्वको उपाध्यक्षमा प्रगति मोक्तान, सचिवमा सपना काफ्ले, कोषाध्यक्षमा रिक्त बहादुर गुरुङ, सदस्यमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी, राजेश शाह, जानुका विश्वकर्मा, विष्णु दाहाल, लेखा समिति संयोजकमा दीपेन्द्र लामिछाने, नेत्र कुमारी ढकाल र जीवन बस्नेत रहेका छन् ।

सचिव पदमा एक स्वतन्त्र उम्मेदवार थानेश्वर नेपाल पनि रहेका छन् । सर्वदलीय निर्णय अनुसार मतगणना राती १० बजे देखी सुरु हुने नेपाली काँग्रेसका मोरङको क्षेत्र नं.३ का सचिव राजेन्द्र अधिकारीले जनकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्