एकता बचत तथा ऋण सहकारी संस्था बेलबारीको २९ औँ साधारण सभा सम्पन्न


बेलबारी । एकता बचत तथा ऋण सहकारी संस्था बेलबारीको २९ औँ साधारण सभा सम्पन्न भएको छ । बेलबारी वडा नं.३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा शनिवार एकता बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिनु राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईद्वारा भएको थियो । संस्थाले कार्यक्रमको उद्घाटन क्याम्पसका प्रमुख भूपेन्द्र कोइरालालाई दुई वटा गमला र बिरुवा हस्तान्तरण गरेर पृथक् रूपमा गरेको थियो ।

क्याम्पसको प्राङ्गण हराभरा बनाउने उद्देश्यमा थप केही सहयोग पुराउन नगर प्रमुखद्वारा दुईवटा बिरुवा हस्तान्तरण गर्ने कार्य गरेको संस्थाका अध्यक्ष राईले जनाइन । कार्यक्रममा नगर प्रमुख राई, क्याम्पस प्रमुख कोइराला लगायतले शुभकामना प्रदान गर्दै महिलाहरूको नेतृत्वमा एकता बचत सहकारी संस्था कुशलतापूर्ण सञ्चालन भइरहेकोले प्रशंसा गरे ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा जम्मा शेयर पुँजी रु.४५ लाख ७५ हजार रहेको र निक्षेप रु.२ करोड ५९ लाख ५० हजार ७ सय ९३ रहेको सभामा जानकारी गराएको छ । ऋण लगानी ३ करोड ५ लाख ५७ हजार ६ सय ८० रहेको छ भने कोष हिसाब रु.३९ लाख १५ हजार २ सय १६ रहेको संस्थाले सभामा जानकारी गराएको छ ।

स्वगत मन्तव्य संस्थाका उपाध्यक्ष शकुन्तला सुवेदीले गरेका थिइन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिता सुवेदीले प्रस्तुत गरेकी थिइन । कार्यक्रमको उद्घोषण साथै प्रगति प्रतिवेदन र भावी कार्य योजना सचिव चन्द्रकुमारी लिम्बुले प्रस्तुत गरिन ।

प्रतिक्रिया दिनुहोस्