एक किलो सुनसहित एक विदेशी नागरिक पक्राउ


काठमाडौँ, २७ कार्तिक । एक किलो सुनसहित एक ५५ वर्षीय विदेशी नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्ने यीवा नाम गरेको हङकङको नागरिक रहेकी छन् । बुधवार २२ः२० मा हङकङबाट ‘कथ्या ड्रागन’ को उडानबाट नेपाल आएकी उनलाई सुनसहित विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

हेण्ड ब्यागमा लुकाई छिपाई ल्याएको सो परिमाणको सुन भन्सार एक्सरेमा चेकजाँच गर्ने क्रममा भेटिएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्