कराँतेको वरिष्ठ उपाध्यक्षमा इन्द्र लामा


उर्लाबारी । नेपाल सितोरियो कराँते संघ मोरङको वरिष्ठ उपाध्यक्षमा इन्द्र लामा चयन भएका छन् । संघको जिल्ला समितिको प्रथम बैठकले चार वर्षे कार्यकालका लागि लामालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको हो ।

उर्लाबारी – ९ निवासी लामा राजनीति, समाजसेवाका अलावा कराँते खेलमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । यस्तै, संघको सोही बैठकले जिल्ला सदस्यमा सुरज कामत र सायल गिरीलाई पनि मनोनीत गरिएको जनाइएको छ ।

जिल्ला सितोरियो कराँतेको प्रथम अधिवेशन गत भदौ १८ गते मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष श्रवणकुमार ऋषिदेवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अधिवेशनले चन्द्र पराजुलीको नेतृत्वमा सर्वसम्मत जिल्ला समिति गठन गरेको थियो । रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा लामालाई समेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्