राष्ट्रिय युवा संघ बेलबारीका उपाध्यक्ष शिवद्वारा सिसैली फुटबल क्लबलाई १८ जर्सी सेट हस्तान्तरण


बेलबारी । राष्ट्रिय युवा संघ बेलबारीका उपाध्यक्ष शिवजंग क्षेत्रीले सिसैली फुटबल क्लबलाई जर्सी सहयोग गरेका छन् । शनिवार क्लबका अध्यक्ष गणेश मगरलाई १८ वटा जर्सी र १८ वटा हाफ-पाइन्ट क्षेत्रीले हस्तान्तरण गरेका हुन ।

बेलबारीका युवाहरूको खेलकुद क्षेत्रमा रहेको आकर्षण अझै वृद्धिहोस र खेलकुद क्षेत्रमा सहयोग पुराउने उद्देश्यले फुटबल खेलाडीलाई १८ सेट खेल पोसाक प्रदान गरेको उपाध्यक्ष क्षेत्रीले बताए । खेल पोसाक वितरणमा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशका सदस्य प्रनिस कट्टेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्