प्रथम सिसैली कप उद्घाटन खेलको विजेता लालभित्ती र बेतना फुटबल टिम


बेलबारी । प्रथम सिसैली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लालभित्ती फुटबल टिम र बेताना विजयी भएको छ । बेलबारी वडा नं.१ स्थित बरडागी खेल मैदान बुधवार भएको उद्घाटन खेलमा लालभित्ती र बेतना क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आश्रय सुधार केन्द्र सुन्दरहरैँचाको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएको हो । पहिलो खेलमा लालभित्तीले मिरमिरे फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो भने दोस्रो खेलमा बेतनाले शुक्रबारे फुटबल टिमलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

लालभित्तीको तर्फबाट पहिलो गोल पुर्न चाम्लिङ र दोस्रो गोल प्रकाश तिमलसिनाले गरेका हुन । पहिलो खेलको मन अफ दी म्याच राजन राउत भए । राउतलाई मन अफ दी म्याचको पुरस्कार बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन लामाले हस्तान्तरण गरेका थिए ।

दोस्रो खेलमा बेतनाको तर्फबाट पहिलो गोल रुद्र क्षेत्रीले गरेका थिए । सुवास तामाङ दुई गोल गरे भने समीर चौधरीले एक गोल गरेका थिए । शुक्रबारेको तर्फबाट भने किरण राईले मात्र एक गोल गर्न सके । मन अफ दि म्याच बेतानाका खेलाडी सुवास तामाङ घोषित भए । मन अफ दि म्याचको पुरस्कार आश्रय सुधार केन्द्र सुन्दरहरैँचा अध्यक्ष सेवक खत्रीले प्रदान गरे ।

आयोजकका अनुसार बिहीबार पनि दुई खेल हुने छ । पहिलो खेल सयपत्री फुटबल क्लब र काकुम युवा क्लब बिच हुने छ भने दोस्रो खेल आयोजक बी र भलुवा फुटबल क्लब केराबारी बिच हुने छ । फाइनल खेल असोज १९ गते शुक्रवार हुने आयोजकले जनाएका छन् ।

लालभित्ती फुटबल टिम

मिरमिरे फुटबल टिम

शुक्रबारे फुटबल टिम

बेतन फुटबल टिम
प्रतिक्रिया दिनुहोस्