काठमाडौँ, कात्तिक २७ । सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजायको फैसला जिल्ला अदालतले गरेको छन् ।
सामूहिक रूपमा बलात्कार गर्ने कार्कीले पीडित युवतीको प्रेमी भएको जिकिर गरेका थिए । पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको इजलासले फैसला दिएको हो ।
कार्कीको सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई पनि सामूहिक बलात्कार गरेको अभियोगमा १४ महिना कैद सजायको आदेश दिएको छ ।
काठमाण्डौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता भएको थिए ।
बलात्कार प्रकरण सामसुम पार्न महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा तत्कालीन डिएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।