नेपाललाई व्यापार घाटा २३ करोड ३३ लाख


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का दुई महिनामा व्यापार घाटा २३ करोड ३३ लाख २ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको भदौ मसान्तसम्म २४ करोड ४९ लाख १९ हजार रुपैयाँ व्यापार घाटा थियो । चालु आर्थिक वर्षको भदौसम्म २५ करोड ९७ लाख ४९ हजार रुपैयाँको आयात भएको छ । उक्त अवधिमा दुई करोड ६४ लाख ४७ हजार रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्