उर्लाबारी । नगरपालिकाले अनुदानमा तरकारीको उन्नत तथा वर्णशंकर जातको बीउ वितरण गर्न सुरु गरेको छ । ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले तरकारीको बीउ वितरण गर्न थालेको हो ।
नगर उपप्रमुख मिना खतिवडा पौडेलले तरकारीको बीउ वितरणको सुरुवात गर्नुभएको छ । किसानलाई व्यावसायिक रूपमा तरकारी खेती गर्न टेवा पुर्याउने हेतुले बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका लुइँटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरभित्रका पाँच वटा कृषि समूह र २३ जना व्यावसायिक किसानलाई बीउ उपलब्ध गराइएको छ । जसअनुसार ५ कट्ठामाथि व्यावसायिक रूपमा तरकारी बाली लगाउँदै आएका किसानलाई अनुदानको बीउ लिने सूचिमा पारिएको हो ।
उपलब्ध गराइएको बीउमा घिरौँला, मुला, खुर्सानी, भेडे खुर्सानी (क्याप्सिकम), भिण्डी, धनियाँ, प्याज, ब्रोकाउली, स्क्वास फर्सी, बोडी, गोलभेँडा, काँक्रा, करेला, फूलकोभी तथा उपलब्ध बन्दाकोभीका बीउ रहेका छन्