कानेपोखरी । नेपालको संविधान २०७२ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३७ आवासको हक उपधारा १ बमोजिम प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कानेपोखरी गाउँपालिकाले आवास विहीन परिवारलाई लाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
संविधान दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाले ८ परिवारलाई घर हस्तान्तरण गरेको हो । प्रत्येक वर्ष यसै दिवसको अवसर पारेर पालिकाले घर हस्तान्तरण गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य शिवमाया तुम्वाहाम्फेले नेपालको संविधानले नै ब्यब्स्था गरेको हक अधिकारको स्थानीय तहले हकको सुनिश्चितता गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले यस संविधानले विगतको तुलनामा धेरै हक अधिकारको ब्यब्स्था गरेको बताउनुभयो । यस्तै उहाँले संविधान दिवस मनाइरहँदा संविधान सभाका अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङलाई पनि सम्झनु भयो ।
दिवसका अवसरमा कार्यक्रमको अध्यक्ष एवम् कानेपोखरी पालिका अध्यक्ष राजमति इङ्नामले गाउँपालिकाले ३ नम्बर वडामा बाँसको नयाँ प्रविधिको प्रयोग गरी ३० घर बन्दै गरेको र गाउँपालिकाले जग्गा खरिद गरी निर्माण गरिएको १० घर हस्तान्तरण नै गरिसकेको बताउनुभयो । यस्तै उहाँले सांसद विकास कोष अन्तर्गत २ नम्बर क्षेत्रमा १३० घर र ३ नम्बर क्षेत्रमा १३० घर बन्दै गरेको पनि बताउनुभयो ।
आवास प्राप्त गर्ने फागुलाल उराँवले बाटोको छेउमा अनेक झरी बाढी अर्काको भनाई सहँदै आएको र विगत लामो समय दुःखमा जीवन गुजारा गरेको र नयाँ घर पाउँदा आफ्नो सन्तानले दुख नपाउने भन्दै खुशी व्यक्त गरे । यस्तै अर्को घर प्राप्त गर्ने सङ्गीत उराँवले आफ्नो घर नहुँदा माइतमा बस्दाको पिँडा सुनाइन ।
श्रीमानले काम गरेर ल्याएको पैसाले खान मात्र पुग्ने र आफ्नो २ सन्तानलाई पनि पालनपोषण गर्न नसक्दा अत्यन्त दुख लाग्ने गरेको बताइन त्यसमाथि माइतमा अपहेलित भएर बाच्नुको पिडा बताइन र पालिकाले घर दिएकोमा अन्त्य खुसी हुँदै कम्तीमा धेरै ठुलो मानसिक पिडा बाट मुक्त भएको समेत बताउँदै स्थानीय सरकारलाई धन्यवाद व्यक्त गरिन । यस्तै गरी अन्य ६ परिवारको अनि आफ्नै दुखको काहानी रहेको थियो ।
अर्काको घर,बाटोको छेउ, ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारलाई स्थानीय कानेपोखरी गाउँपालिका सरकारले आवासको व्यवस्था गरेको हो र गर्दै आइरहेको छ ।