बेलबारीमा नेकपा एमालेले राष्ट्रिय झन्डासँग सेल्फी खिचेर संविधान दिवस मनाए (फोटो फिचर)


बेलबारी । नेकपा एमाले बेलबारी नगरपालिका कमिटीले राष्ट्रिय झन्डासँग सेल्फी लिएर नवौँ संविधान दिवस मनाएको छ । नेकपा एमालेले देशव्यापी रूपमा “रातो र चन्द्र सूर्यसँग सेल्फी” कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइरहेको बेला बेलबारी नगर कमिटीले पनि आज (बुधवार) असोज तीनको मर्निङ वाक सेल्फी विथ नेशनल फ्ल्याक कार्यक्रम सम्पन्न गरेको हो ।

बिहान ७ बजे देखी पैदल यात्रा गरेर बेतना सिमसार पुगेर राष्ट्रिय झन्डासँग सेल्फी लिएर नगर कमिटीले संविधान दिवस मनाएको हो । बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, संविधानसभा सदस्य मधु गुरुङ, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सुधन चौहान, नेकपा एमाले नगरपालिका कमिटी इन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम गौतम, पूर्व नेकपा एमाले नगरपालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य ईरान राई लगायतको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले राष्ट्रिय झन्डासँग सेल्फी खिचेका थिए । कार्यक्रम नेकपा एमाले बेलबारी नगरपालिका कमिटीका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्