प्रचण्ड र बंगलादेशका राष्ट्रपतिबिच भेटवार्ता


काठमाडौँ, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले बुधवार बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबिच भेटवार्तामा दुई पक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति हमिदले राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेट गरी सकेका छन् ।

राष्ट्रपति हमिदसँगको भेटको लागि प्रचण्ड नेपाली प्रतिनिधि मण्डलका तर्फबाट भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालसहित होटेल मेरियट पुगेका थिए ।

राष्ट्रपति हमिदले नेपाल स्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलवार नेपाल आएका हुन ।

प्रतिक्रिया दिनुहोस्