भारतबाट ल्याएको प्रतिबन्धित माछा बेलबारी २ बाट बरामद : प्रहरीद्वारा नष्ट गरियो


बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारीले भारतबाट ल्याएको अवैध माछा पक्राउ गरी नष्ट गरेको छ । प्रहरीका अनुसार बेलबारी १० निवासी सोबित सहनीले नेपालमा प्रतिबन्धित मुङ्री जातको माछा बिनाबिल भरपाई अवैध रूपमा भारतबाट बिक्रीको लागि ल्याइएको भेटिए पछि माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

आज (शुक्रवार) बिहान ७ बजे बेलबारी २ स्थित लालभित्तीमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको गस्ती टोलीले माछा बरामद गरेको हो । माछालाई खाल्टोमा पुरी नष्ट गरिएको छ । प्रहरीले बरामद गरेको उक्त मुङ्री जातको माछा नेपालमा मात्र नभएर भारतमा पनि प्रतिबन्धित छ ।

प्रतिक्रिया दिनुहोस्