बेलबारी ८ मा कोठामा डोरीको पासोमा झुन्डिएको अवस्थामा एक पुरुषको शव भेटियो


बेलबारी । बेलबारीमा एक पुरुष पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको छ । वडा नं.७ निवासी वर्ष ४० का शुकदेव राजवंशी आफ्नै घरको कोठामा प्लाष्टिकको डोरीको पासोमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार शुकदेव काठको बिममा झुन्डिएको अवस्थामा थिए । प्रारम्भिक अनुसन्धानबाट आत्महत्या भएको हुन सक्ने देखिएता पनि मृत्युको वास्तविकता खुलेको छैन । प्रहरीको अनुसन्धान जारी रहेको छ । पोष्टमार्टमको लागि उर्लाबारीको मङ्गलवारे अस्पताल पठाइएको प्रहरीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्