सुवास नेम्वाङको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय च्यासलमा राखिने


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछि मात्रै अन्त्यष्टि गर्ने तयारी छ ।

अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वमन्त्री लालबाबु पण्डितलगायत धेरै एमाले नेताहरू अहिले शिक्षण अस्पतालमै छन् ।

प्रतिक्रिया दिनुहोस्